काठमाडौं । नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुखको रूपमा नियुक्त गर्ने सहमति जुटेको छ। सहमति बनेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीले साँझ ९ बजे शपथग्रहण गर्नेछिन्। यसअघि नयाँ सरकार गठनसम्बन्धी छलफलका लागि सुशीला कार्की, जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका…