१७ आश्विन २०८३, शनिबार । October 3, 2026

लगातार वर्षाको जोखिम : सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा


१८ आश्विन २०८२, शनिबार  

12
Shares

काठमाडौं । देशभर निरन्तर वर्षाले उत्पन्न गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले दुई दिन अतिरिक्त सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा असोज १९ र २० गते सार्वजनिक बिदा रहने उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र आगामी २० गतेसम्म भारीदेखि अति भारी वर्षा जारी रहने अनुमान भएकाले बाढी, डुबान, भूक्षय, सडक तथा हवाई यातायात अवरुद्ध हुने खतरा बढेको छ ।

यस्ता सम्भावित जोखिमले जनधनको क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षाको दृष्टिले बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । दसैं बिदापछि कार्यालयहरू खुल्ने तयारी भइरहेका बेला सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, “असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालय बाहेक नेपालभरका सबै सरकारी कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ,” भनिएको छ ।

त्यसैगरी, सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सरकारी निर्देशनअनुसार आचरण गर्न आग्रह गरेको छ । साथै, सम्भावित बाढी, पहिरो र डुबानबाट जनजीवन सुरक्षित राख्न सबै तहका प्रशासनिक र सुरक्षात्मक निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि