४ असार २०८३, बिहिबार । June 18, 2026

बागमती र सहायक नदीहरूमा जलस्तर बढ्दै, तटीय बस्ती उच्च जोखिममा


१८ आश्विन २०८२, शनिबार  

9
Shares

काठमाडौं । उपत्यकाका मुख्य नदी तथा खोलामा लगातार बढ्दो जलस्तरसँगै डुबान र बाढीको खतरा तीव्र बनेको छ ।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर भए पनि हाल जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै, बालकुमारीस्थित मनोहरा खोलामा ४.४ मिटर सतर्कता तह पार भइसकेको छ भने नख्खु खोलामा समेत पानीको मात्रा बढ्दो छ ।

मौसमविद्हरूले आगामी २४ घण्टासम्म वर्षा नरोकिने अनुमान गरेका छन् । यसले गत वर्षको जस्तै ठूलो बाढी आउने सम्भावना बढाएको उनीहरूको चेतावनी छ ।

विशेषगरी हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी वरपर, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्र उच्च जोखिममा रहेका छन् ।

यसैबीच, स्थानीय प्रशासनले नदी किनार र तटीय बस्तीमा बसोबास गर्ने नागरिकलाई सजग रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ४ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा