६ आश्विन २०८३, मंगलबार । September 22, 2026

कुलमानलाई हटाउनु दुईतिहाई बहुमतको दम्भ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयलाई आपत्तिजनक र गलत ठहराएका छन्। सोमबार साँझको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। यस निर्णयको विरोध गर्दै प्रचण्डले सामाजिक सञ्जालमा यस निर्णयप्रति गहिरो निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन्।…