१२ असार २०८३, शुक्रबार । June 26, 2026

प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैनः प्रचण्ड

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन्। बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइको विषयमा प्रधानमन्त्री ओलीले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए। उनले भने, "प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ दिनुपर्छ। चित्तबुझ्दो जवाफ आए मात्र सदन चल्न…