१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

आईपीएलः क्विन्टन डि ककको शानदार ब्याटिङमा कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो


१३ चैत्र २०८१, बिहिबार  

45
Shares

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

सुरुवाति ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको कोलकाताले १७ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा १५३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । राजस्थानका लागि यसश्वी जयसवालले २९, सन्जु सामसनले १३, रियान परागले २५, ध्रुव जुरेलले ३३ तथा जोफ्रा अर्चरले १६ रन जोडे ।

बलिङतर्फ पनि राजस्थानका वाइनिन्दु हसरंगाले १ विकेट लिए । कोलकाताका लागि क्विन्टन डिककले अविजित ९७ रनको पारी खेल्दा अजिङ्क्या राहाणेले १८ तथा अङ्गकृष रघुवंशीले २२ रन जोडे ।

बलिङतर्फ कोलकाताका लागि वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्तीले २/२ विकेट लिँदा स्पेन्सर जोनसनले १ विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था