काठमाडौं । गएको शुक्रबार राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटिएको सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धनुषा, सर्लाही, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी र भारतको बिहार राज्यका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा…