१ आश्विन २०८३, बिहिबार । September 18, 2026

प्रधानमन्त्री ओलीले भेटे पत्रकार सुरेश रजकका परिवारलाई, न्यायको प्रतिबद्धता


१७ चैत्र २०८१, सोमबार  

48
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले अराजक समूहद्वारा गरिएको आगजनीका कारण अकालमै ज्यान गुमाएका रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई गहिरो समवेदना प्रकट गरे। साथै उनले घटनाको विस्तृत छानबिन भइरहेको बताउँदै दोषीमाथि कडा कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

साथै, उनले मृतक रजकको दाहसंस्कार छिटो सम्पन्न गर्न परिवारजनलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले सुरेश रजककी श्रीमती सुजन रजकलाई रोजगारी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन पनि दिए।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ