काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानूनी रूपमा पदमुक्त गरिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको छ। घिसिङले पुनः पदस्थापनाको माग गर्दै सरकारको निर्णयमा तत्काल रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा उक्त रिटको सुनुवाइ सुरू भएको हो।…