६ आश्विन २०८३, मंगलबार । September 22, 2026

काठमाडौंमा ३५ सय प्रहरी तैनाती: एसएसपीको नेतृत्वमा कडा सुरक्षा


१४ चैत्र २०८१, शुक्रबार  

30
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था आज (शुक्रबार) कडा पारिएको छ। राजावादी र गणतन्त्रवादी समर्थकहरूको शक्ति प्रदर्शनलाई ध्यानमा राख्दै कडा सुरक्षा तैनात गरिएको हो।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा प्रदर्शन गर्ने तयारी गरेको छ, भने पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्ने छन्। समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा आन्दोलित हुनेछन्।

पूर्वराजाका समर्थकहरूले “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” नामक ब्यानरमा तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

सुरक्षा व्यवस्था कडा पार्न, उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। ३,५०० प्रहरी एसएसपी विश्व अधिकारीको नेतृत्वमा तैनात गरिएको छ, र एसपी अपिल बोहरा प्रदर्शन स्थलमा प्रत्यक्ष रूपमा निगरानी राख्नेछन्।

सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ, जहाँ प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सुरक्षा निगरानी गरिरहेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा