एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा एक अन्तरशहर बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। सरकारी समाचार एजेन्सी इर्नाका अनुसार दुर्घटना केरमानबाट राभर काउन्टीतर्फ जाने सडकमा स्थानीय समय अनुसार साँझ ५स्१७ बजे भएको हो। प्रान्तीय आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर…