काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको संकटप्रति गम्भीर चासो व्यक्त गरेका छन् । मंगलबार शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा उनले सहकारी पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका हुन् । राष्ट्रपति पौडेलले सहकारी समस्याबाट प्रत्यक्ष प्रभावित साना बचतकर्ताको पीडामा सरकार गम्भीर…