२ असार २०८२, सोमबार । June 16, 2025

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले गभर्नर नियुक्ति सुनिश्चित भएपछि शुक्रबार पदबाट राजीनामा दिएका छन्।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको बैठकमा डा.भट्टलाई राष्ट्र बैंकको १८औँ गभर्नर बनाउने सहमति भएको थियो। देउवाले सुरु देखिनै भट्टको नाममा जोड दिँदै आएका थिए भने प्रधानमन्त्री ओलीले पनि बुधबार उनलाई बोलाएर प्रत्यक्ष छलफल गरेका थिए।

अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै नियुक्तिका लागि अगाडि आएका हुन्। शुक्रबार नै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. भट्टसहित तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गर्ने तयारी गरेको छ।

सोही दिन मन्त्रिपरिषद्को बैठक बस्ने र भट्टलाई गभर्नरमा नियुक्त गर्ने योजना रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य