काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन थालेको आज २० दिन पुगेको छ । यसैबीच, लामो समयदेखि आन्दोलनरत शिक्षकसँगको संवादले कुनै निष्कर्ष ननिकालेपछि शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । शिक्षक आन्दोलन उत्कर्षमा पुगिरहेका बेला मन्त्री भट्टराईले मन्त्रिपरिषद बैठकको केही समय अगावै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई…