एजेन्सी । जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ । बिहीबार बिहान भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो। वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८ दशमलव ५ ओभर…