२३ बैशाख २०८३, बुधबार । May 7, 2026

युरोकप २०२४

पोल्याण्डसँग बराबरी खेल्दै फ्रान्स नकआउट चरणमा


१२ असार २०८१, बुधबार  

264
Shares

एजेन्सी । युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा फ्रान्स पोल्याण्डसँग १–१ को बराबरीमा रोकिएको छ ।

डर्टमण्डको सिगनल इडुना पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टिमले गोल गरे । एमबाप्पेले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यस जितले फ्रान्स समूह डी को विजेता बन्ने पक्का थियो ।

तर, पोल्याण्डले पनि पेनाल्टी पायो र कप्तान रोवर्ट लेवान्डोस्कीले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि फ्रान्स ५ अंक जोडेर समूह डी को उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । उपविजेता बन्दा फ्रान्सका लागि आगामी यात्रा कठिन हुनेछ ।

किनभने नकआउट चरणमा फ्रान्ससिहत जर्मनी, स्पेन र पोर्चुगल जस्ता टोली एकै पुलमा पर्नेछन् । यी मध्ये एक टोली मात्र फाइनल पुग्नेछ ।

यसअघि नै लगातार दुई खेल हारेर बाहिरिसकेको पोल्याण्डको खातामा भने १ अंक मात्र रह्यो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको