३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

कोपा अमेरिका २०२४

अर्जेन्टिनासँग चिली १–० गोल अन्तरले पराजित


१२ असार २०८१, बुधबार  

159
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलमा दबाब बनाएको अर्जेन्टिनाले ८८औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेसँगै अग्रता लिएको हो । उक्त गोल निर्णायक बन्दा अर्जेन्टिना १–० ले विजयी भएको हो । चिलीले २ वटा पहेँलो कार्ड पाएको खेलमा अर्जेन्टिनाले ११ वटा कर्नर प्रहार गरेको थियो । यो जितसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ ।

अर्जेन्टिनाले खेलेका २ खेलमा जित निकाल्दै ६ अंकसहित आफूलाई शीर्ष स्थानमा राखेको हो । यससँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ । त्यस अगाडि यसै समूहको खेलका क्यानाडाले पेरुलाई १–० ले हराएको थियो । अर्जेन्टिनाको पछाडि दोस्रोमा क्यानाडा तीन अंकमा रह्यो ।

पेरु र चिलीको एक एक अंक छ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानाडालाई २–० ले हराएको थियो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय