२१ मंसिर २०८२, शनिबार । December 7, 2025

पेनाल्टी सुटआउटमा चुके मेसी, मार्टिनेज हिरो बन्दा अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले संघर्षपूर्ण रुपमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै इक्वेडरका दुई पेनाल्टी बचाएपछि अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । शुक्रबार अमेरिकाको एनआरजी मैदानमा ७० हजार समर्थकमाझ अर्जेन्टिना १–० को अग्रता इन्जुरी समयमा गुमाउन पुग्दा खेल पेनाल्टी सुटआउटमा धकेलिन पुगेको थियो।…