१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

चिनको मस्तिष्क भएको एआई रोबोट, आविष्कार कि विनाशको संकेत ?


२० असार २०८१, बिहिबार  

24
Shares

काठमाडौं । के मानवरुपी रोबोटले हामी मानवलाईनै प्रतिस्थापन गर्दै छ ? भविष्यमा विश्वमाथि यिनै रोबोटको राज हुने त होइन ?

सुन्दा कुनै चलचित्रको कहानीको सुरुवात जस्तो लाग्ला । तर यो हामीले पहिलो पटक सोधेको र सुनेको प्रश्न भने पक्कै होइन । समय समयमा एआईमा भएको तिब्र विकासलाई आधार बनाएर यस्ता चर्चाहरु भइरहेका हुन्छन् । वैज्ञानिक वृत्तमा पनि एआई रोबोटको विकासले निम्त्याउन सक्ने खतराको चासो, चिन्ता र छलफल व्यापक हुने गरेको छ । अब, अहिले यो प्रसङ्ग कसरी आयो त ?

चाइना मर्निङ पोष्टका अनुसार चिनले हालै एउटा आर्टिफिसियल इन्टेलिजेन्स रोबोटको आविस्कार गरेको छ । यो त कुनै नौलो कुरा भएन भन्ने लाग्ला । कुरा पुरानै हो तर रोबोट भने नौलो नै छ । यो विश्वकै पहिलो यस्तो रोबोट हो जसमा ल्यावमा तयार पारिएको मानव मस्तिष्क फिट गरिएको छ । यानी यो रोबोटसँग हामी मानिसकै जस्तो दिमाग छ, जसको जन्मदाता हुन् तियानजिन युनिभर्सीटि र साउदन युनिभर्सीटि अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिक खोजकर्ताहरु ।

रोबोटमा प्रयोगशालामा विकसित मानव मस्तिष्क र मस्तिष्कको स्नायु प्रणालीसँग अन्तरक्रिया गर्ने कम्प्युटर चिपको प्रयोग गरिएको छ । त्यसैले तियानजिन युनिभर्सीटिले यो प्रविधिलाइ “world’s first open-source brain on chip intelligent complex information interaction system” छोट्करीमा “brain on chip” अर्थात चिपमा जडित मस्तिष्कको रुपमा परिभाषित गरेको छ ।

विश्वविद्यालयका अनुसार यो खोजले हाइब्रिड हेयुमन रोबोट इन्टेलिजेन्सलाई सम्भब तुल्याउने छ । हुन त यो आविस्कारको उद्देश्य मानिसको काम सहज बनाउने गरि रोबोटलाई कुनै सामान समाउने बनाउनु, काम बिग्रने खतरालाई न्युनिकरण गर्नु हो भन्ने छ तर यो आफैमा मानव जगतको लागि ठुलो खतरा भएको दावीहरु पनि आईरहेका छन् ।

यसले मानिसको कामलाई प्रभावित गर्नसक्ने, गलत जानकारीहरू प्राप्त भएको स्थितिमा यो रोबोटले गलत हर्कत गर्नुका साथै गलत निर्णयहरु पनि गर्न सक्ने साथै भविष्यमा कुनैबेला बेलगाम पनि हुनसक्ने विज्ञहरुको चिन्ता छ । यसलाई ‘मदरिङ अफ मोन्सटर ’ यानि राक्षस जन्माएको भन्ने संज्ञा पनि दिइएको छ ।

के हामीलाई साच्चै आफुखुसि विश्व हाँक्ने हाईब्रिड मसिन चाहिएको छ त ?

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली