७ कार्तिक २०८३, शनिबार । October 25, 2026

कोपा अमेरिका २०२४

पेनाल्टी सुटआउटमा चुके मेसी, मार्टिनेज हिरो बन्दा अर्जेन्टिना सेमिफाइनलमा


२१ असार २०८१, शुक्रबार  

1.7k
Shares

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले संघर्षपूर्ण रुपमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै इक्वेडरका दुई पेनाल्टी बचाएपछि अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । शुक्रबार अमेरिकाको एनआरजी मैदानमा ७० हजार समर्थकमाझ अर्जेन्टिना १–० को अग्रता इन्जुरी समयमा गुमाउन पुग्दा खेल पेनाल्टी सुटआउटमा धकेलिन पुगेको थियो।

खेलमा अर्जेन्टिनाले लिसान्द्रो मार्टिनेजको गोलमा ३५ औं मिनेटमा अग्रता लिएको थियो। तर, पाँच मिनेट थप गरिएको इन्जुरी समयमा केभिन रोड्रिगेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसअघि दोस्रो हाफमा इक्वेडरले पाएको पेनाल्टीलाई ६१ औं मिनेटमा इनर भ्यालेन्सियाले गरेको प्रहार पोलमा लाग्दा बराबरीको अबसरबाट इक्वेडर चुकेको थियो।

अर्जेन्टिनाका रोड्रि डे पाउलले ह्यान्ड गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो। यद्यपि, इन्जुरी समयमा जोन यबोसको क्रसलाई केभिन रोड्रिगेजले हेड गर्दै खेल बराबरीमा पुर्याए। अतिरिक्त समय नभएको खेल त्यसपछि सिधै पेनाल्टी सुटआउटमा गएको थियो। जहाँ पहिलो पेनाल्टीका लागि गएका लियोनेल मेसीले गरेको प्रहार क्रसबारमा लाग्दा अर्जेन्टिना सुरुवातमै पछि पर्यो।

तर, त्यसपछि लगातार इक्वेडरका दुई प्रहारलाई गोलरक्षक मार्टिनेजले बचाउँदै नाटकीय रूपमा खेलमा फर्काए। बाँकी खेलाडीले पेनाल्टी सदुपयोग गर्दै अर्जेन्टिनालाई अन्तिम चारमा पुर्याएका थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि