३ आश्विन २०८३, शनिबार । September 19, 2026

कोपा अमेरिका २०२४

भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडा सेमिफाइनलमा


२२ असार २०८१, शनिबार  

630
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडाले सेमिफाइनल यात्रा तय गरेको छ ।

अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ । टाइब्रेकरमा क्यानाडा ४–३ ले विजयी रह्यो । भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुकेपछि इस्माएल कोनेल क्यानाडाका तर्फबाट निर्णायक गोल गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा गएको हो ।

क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलले अग्रता लिएको थियो । भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ