६ आश्विन २०८३, मंगलबार । September 22, 2026

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु

एजेन्सी । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको आपतकालीन उद्धारका लागि काम गर्ने एक निकायले सोमबार जनाएको छ। नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे एएफपीसँग भने, “आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।”…