३ आश्विन २०८३, शनिबार । September 20, 2026

यूईएफए नेसन्स लिगः हंगेरीमाथी जर्मनीको फराकिलो जित


२३ भदौ २०८१, आइतबार  

99
Shares

एजेन्सी । यूईएफए नेसन्स लिग फूटबलअन्तर्गत शनिवार राति डुसेल्डोफमा भएको खेलमा घरेलु टोली जर्मनीले हंगेरीमाथि ५ गोलको वर्षा गरेको हो ।

यससँगै जारी प्रतियोगिताको पहिलो खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको फराकिलो जीत दर्ता गरेको छ । खेलको २७ औँ मिनेटमा गोल गर्दै निकलास फुलक्रुकले जर्मनीका लागि खाता खोलेका थिए । त्यसपछि जमाल मुसियलाले ५७ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

यसपछि फ्लोरियन विर्टजले खेलको ६६ औँ, अलेक्सान्डर पाब्लोभिचले ७७ औँ र काई हाभर्ट्जले ८१ औँ मिनेटमा गोल गरे । हाभर्ट्जले पेनाल्टीमा गोल गरेका हुन् । हंगरीले कुनै पनि गोल फर्काउन नसकेपछि जर्मनीले ५–० को फराकिलो जीत दर्ता गरेको हो । यससँगै लिग ‘ए’को समूह ३ मा रहेको जर्मनीले महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस समूहमा नेदरल्यान्ड्स समान अंकसहित गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली