एजेन्सी । यूएईमा जारी आइसीसी महिला टी–२० क्रिकेट विश्वकप अन्तर्गत गएराति भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रीकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले १९ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर…