२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन लागेको एसईई परीक्षाको अवधिभरि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् । सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् । उनले लेखेका छन्, ‘एसईई परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि…