४ असार २०८३, बिहिबार । June 18, 2026

आउ न एकै छिन गफ गरौ…



आउ न एकै छिन गफ गरौ
सुर्योदय हुँदा अनि सुर्यास्त हुँदा
अनि दिनमै पनि अनायसै
आकाशमा तेती धेरै रंग
कहाँबाट पोतिन्छ
त्यस बारे गफ गरौ

फूलमा सुगन्ध
कहाँबाट भित्रिन्छ गफ गरौ
अनैकौँ स्वरूप र आकारका हुन्छन्
फूलहरू
कसरी त्यस्ता हुन्छन्
त्यसै बारे गफ गरौ
बेरंगको माटो बीच
कसरी रंग लिएर उम्रिन्छन् फूलहरू
आउ न एकै छिन गफ गरौ

हिजो भर्खरै चम्किएको चन्द्रमा
एक्कासी कता हरायो
गफ गरौ
तिमी र म जस्तै फेरिन्छ घरिघरि
हप्ता दश दिनमा पुर्ण हुँदा हुँदै
चिरा कसरी पर्छ
गफ गरौ
ताराहरू किन चम्किन्छन्
अनि कति टाढा छन् भन्छ बिज्ञानले
त्यसै बारे गफ गरौँ
आउ न एकै छिन गफ गरौ

तिम्रो हिजोको फोटो हेर त
अनि
आज ऐनामा आफैलाई हेर
नाम मात्र त फेरिएको छैन
अरू सप्पै फेरीयो हगि
त्यै बारै गफ गरौ

कहाँबाट बाट झुल्कियौ
अनि कता हराँउछौ अकस्मात्
बत्ति र ईन्टरनेट हराएर
गीत बिलाए झै
सिनेमाको कथा हराए झै
कसरी हामी बीच
मान्छे हराईरहन्छन्
त्यै बारे गफ गरौ
आउ न एकै छिन गफ गरौ

कहिल्यै
बात नमारेका बिषय बारे बात मारौ
तिम्रो प्रश्नको कारण
मैले तिमीलाई मुल्याँकन गर्दिन
तिम्रै जस्ता प्रश्नहरू
मेरा पनि होलान्

आउ न एकै छिन गफ गरौ ।।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा