४ असार २०८३, बिहिबार । June 18, 2026

अनलाइन मार्फत अक्षर लेख्न सिकाइरहेका विनोद सापकोटा


२६ मंसिर २०८१, बुधबार  

882
Shares

काठमाडौं । शिक्षा भनेको केवल परीक्षा पास गर्ने साधन मात्र होइन, व्यक्तित्व निर्माण र आत्मविश्वास बढाउने आधार हो यसै कुरालाई आत्मसात गर्दै विनोद सापकोटाले नेपालका साथै विदेशका विद्यार्थीहरुलाई अक्षर लेखनमा दक्ष बनाउने अभियान सुरु गरेका छन् ।

परम्परागत शिक्षण शैलीलाई तोड्दै उनले आधुनिक प्रविधिको उपयोगमार्फत अनलाइन लेखन प्रशिक्षणलाई देशभित्र र विदेशमा समेत लोकप्रिय बनाएका छन्। आफ्नो बाल्यकालदेखिको रुचिलाई पेशामा परिवर्तन गर्दै समाजमा सकारात्मक प्रभाव पारिरहेका छन्। यसलाई अझै व्यवस्थीत बनाउने उदेश्यले बेस्ट ह्यान्डराइटिङ ट्रेनिङ प्रा.लिको स्थापना गरि देश तथा विदेशका सयौं विद्यालयमा तालिम दिइसकेका छन् ।

आजको डिजिटल युगमा जहाँ शिक्षा धेरैजसो प्रविधिमा निर्भर हुँदै गएको छ, त्यही प्रविधिको उपयोग गर्दै विनोद सापकोटाले अक्षर लेखनमा एउटा नयाँ क्रान्तिको सुरुवात गरे र नेपालमै पहिलो पटक अनलाइन हस्तलेखन तालिमको सुरुवात गरे । कोभिड्को महामारीको समयबाट सुरु गरेर अहिले सम्म निरन्तर चलाउदै आइरहेका छन।

ग्रामीण क्षेत्रबाट सुरु भएको यात्रा
पश्चिम नेपाल बाग्लुङ्गमा जन्मिएका विनोदले आफ्नो लेखन यात्रा सामान्य स्कुले शिक्षा लिँदै सुरु गरे तर, उनमा अक्षरको सौन्दर्य र लेखनमा सुधारको महत्वप्रतिको गहिरो रुचिले नयाँ सम्भावनाहरुको खोजी गर्यो र आफ्नो ज्ञानलाई प्रविधिको सहायताले हजारौं विद्यार्थीहरूसम्म पुर्याउने उनको अभियानले थुप्रै सफलता हात पारेको छ।

अनलाइन लेखन कक्षाको अद्वितीय प्रयोग
विनोद सापकोटाको अनलाइन लेखन कक्षाले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई मात्र होइन विदेशमा रहेका नेपाली समुदायका विद्यार्थीहरूलाई समेत लाभान्वित गरेको छ। धेरै विद्यार्थीहरुले नेपाली र अंग्रेजी लेखन सुधार्न उनका कक्षाहरूमा भाग लिएका छन्। लेखन मात्र होइन अनुशासन, ध्यान र आत्मविश्वास जस्ता जीवन उपयोगी सीप सिकाउन पनि यी कक्षाहरूले महत्वपूर्ण भूमिका खेलेका छन्।

लेखनमार्फत व्यक्तित्व विकास
विनोदले लेखनलाई केवल भाषा सुधारको माध्यममा मात्र सीमित राखेनन्। उनी लेखनलाई व्यक्तित्व विकासको महत्वपूर्ण साधनका रूपमा प्रस्तुत गर्छन्। उनका विद्यार्थीहरूले लेखन सुधारसँगै अनुशासन र समय व्यवस्थापनका गुणहरू सिकिरहेका छन्। यसले विद्यार्थीहरूको शिक्षा मात्र होइन, उनीहरूको सम्पूर्ण व्यक्तित्वलाई निखार्ने काम गरिरहेको छ।

अन्तर्राष्ट्रिय सहकार्य र योगदान
विदेशमा रहेका नेपाली विद्यार्थीहरूको सहभागिताले विनोदको कार्यक्रमलाई अझ विशिष्ट बनाएको छ। उनीहरुले अनलाइन माध्यमबाट नेपाली लेखन सिकेर नेपाली भाषा र संस्कृतिप्रति आकर्षण देखाएका छन्।। यसले नेपाली भाषालाई अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रवर्दन गर्ने काम गरिरहेका छन् ।

समाजमा सकारात्मक प्रभाव
उनको प्रशिक्षणको प्रभाव केवल विद्यार्थीहरुको लेखनमा मात्र सीमित छैन, उनले ग्रामिण र शहरी क्षेत्रमा शिक्षाको स्तर सुधार्न विशेष योगदान दिएका छन। अभिभावकहरु भन्छन् ‘हाम्रो छोराछोरीले केवल राम्रो लेख्न सिकेको छैनन्, उनीहरुको आत्मविश्वास र व्यवहारमा पनि परिवर्तन आएको छ’।

चुनौती र सम्भावना
सिमित स्रोतसाधनबीच यस्तो कार्यक्रम सञ्चालन गर्नु विनोदका लागि चुनौतिपूर्ण भए पनि उनले आफ्नो निष्ठा र परिश्रमबाट असम्भवलाई पनि सम्भव बनाए। नेपाल सरकार र निजी क्षेत्रले विनोदको अभियानलाई प्रोत्साहन गर्ने हो भने यसले अझ ठूलो भौगोलिक र सामाजिक प्रभाव पार्न सक्छ।

विनोद सापकोटाको अनलाइन लेखन अभियानले शिक्षा क्षेत्रलाई नयाँ दिशा दिएको छ। अक्षर लेखनजस्तो साधारण विषयले विद्यार्थीहरूको जीवनमा कस्तो गहिरो परिवर्तन ल्याउन सक्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन। उनको यो अभियानले लेखनलाई मात्र होइन, व्यक्तित्व र जीवनशैलीलाई पनि सकारात्मक रूपमा बदल्ने अवसर प्रदान गरिरहेको छ।

अक्षरले व्यक्तित्व बनाउँछ भन्ने नारालाई साकार पार्दै विनोद सापकोटाको अभियानले नेपाली समाजलाई शिक्षा र संस्कृतिको नयाँ दिशा दिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा