४ असार २०८३, बिहिबार । June 18, 2026

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यका साथ मिड–भ्याली इन्टरनेसनल कलेज (एमभिआइसी) र वाइजएडमिटबिच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यमार्फत चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एनयूएए) सँग शैक्षिक तथा प्राविधिक सम्बन्ध विस्तार गरिने जनाइएको छ। एरोनटिक्स, इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा…