१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

राजस्व संकलनमा उत्साहजनक वृद्धि: अघिल्लो वर्षभन्दा एक खर्ब बढी संकलन

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा संकलित १० खर्ब ५८ अर्ब रुपैयाँको तुलनामा यो रकम एक खर्ब २० अर्बले बढी हो। यो ११.३३ प्रतिशतको वृद्धिदर हो, जुन पछिल्ला वर्षहरूमा राजस्व वृद्धिको हिसाबले उल्लेखनीय मानिन्छ। सरकारले चालु आवमा…