४ असार २०८३, बिहिबार । June 18, 2026

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि


३२ असार २०८२, बुधबार  

24
Shares

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से परिसूचक हरियालीमा अन्त्य भएको छ।

पछिल्ला केही दिनयता सुधारको संकेत देखिएको नेप्से आज थप ३४.६१ अंकले उक्लिँदै २७९४.७८ विन्दुमा पुगेको छ। यो स्तर नेप्सेले झण्डै चार महिनापछि छोएको हो। पछिल्लो पटक फागुन २२ गते नेप्से २८१८.४३ विन्दुमा पुगेको थियो, त्यसपछि भने लगातार ओरालो लागेको थियो। मौद्रिक नीति सार्वजनिक भएपछि बजारमा आशावाद जागेको देखिएको छ।

त्यसको असर आइतबारदेखि नै बजारमा सकारात्मक रुपमा देखिएको हो। बुधबार सेन्सेटिभ इण्डेक्स ७.८६, फ्लोट इण्डेक्स २.६६ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंकले उकालो लागेका छन्। बुधबारको सेयर बजारमा ३३० कम्पनीका ९९ हजार ५०५ पटक कारोबार हुँदै कुल १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

खरिदबिक्री भएका कित्ताको संख्याले ४ करोड ३१ लाख नाघेको छ। यो कारोबार रकम साढे चार महिनाको सर्वाधिक हो। यसअघि फागुन १९ गते १४ अर्ब २८ करोड बराबरको कारोबार भएको थियो। उल्लेखनीय रूपमा केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले उक्लिएको छ।

ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको मूल्यमा पनि झण्डै ८ प्रतिशतको बृद्धि देखिएको छ। कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रहेको छ। कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनी र सानिमा माइ हाइड्रोपावरले पनि उल्लेखनीय कारोबार गरेका छन्।

कुल १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढ्दा व्यापार उपसमूहको मात्र परिसूचकमा सामान्य गिरावट देखिएको छ। विकास बैंक उपसमूह ३.८६ प्रतिशतले अगाडि बढेको छ भने बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

नेप्सेमा आज देखिएको उत्साहपूर्ण सुधारले लगानीकर्तामा सकारात्मक ऊर्जा भरिदिएको छ, जसले आगामी दिनमा समेत बजारलाई गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा