काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजारले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा रहेको थियो । यसैगरी, आज चाँदी भने स्थिर छ…