काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ। सोमबारदेखि पोखरा–ल्हासा मार्गमा उडान सञ्चालन गर्दै हिमालय एयरलाइन्स पोखराबाट अन्तर्राष्ट्रिय नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी बनेको छ। पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, ल्हासाबाट १०७ जना यात्रु बोकेर आएको विमान दिउँसो १ः४५ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो।…