काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ। लामिछानेको रिटमाथि सुनुवाइका लागि न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलास तोकिएको थियो। सो इजलासमा पूर्वडीआईजी छविलाल जोशीले सहकारी ठगीसम्बन्धी उजुरीका सन्दर्भमा नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका दुईवटा अन्य…