काठमाडौं । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आजै भएको दोस्रो खेलमा कर्णाली यशविसले मधेश युनाइटेडलाई ३–१ सेटले पराजित गरेको छ । कर्णालीले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले जितेको थियो भने मधेशले तेस्रो सेट २८–२६ ले जितेको थियो । त्यस्तै चौथो सेट कर्णालीले २५–११ ले जितेर खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो…