२ असार २०८२, सोमबार । June 16, 2025

टी–२० सिरिजः नेपालसँग ओमान ३७ रनले पराजित



काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० सिरिज क्रिकेटअन्तर्गत भएको दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।

त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य