३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेस्ट महिला भलिबल लिग आजबाट, ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्स भिड्दै


१४ आश्विन २०८१, सोमबार  

30
Shares

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला लिग आजबाट (सोमबारदेखि) सुरु हुँदै छ ।

लिगमा सहभागी ६ क्लबका कप्तान तथा प्रशिक्षकले तयारी पूरा भएको र उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने बताएका छन् । लिगमा सहभागी ६ वटै टोलीले विदेशका राम्रा खेलाडी अनुबन्धित गरी टिम बलियो बनाएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकांश सहभागी हुने घरेलु महिला खेलाडी विभागीय टोलीमा आबद्ध छन् ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लि.ले आयोजना गरेको उक्त लिगमा मधेश युनाइटेड, चितवन शक्ति, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले प्रतिस्पर्धा गर्दै छन् ।

१९ असोजसम्म हुने लिगको सोमबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ललितपुरले काठमाडौं स्पाइकर्सविरुद्ध उद्घाटन खेलमा सामना गर्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ११ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली