३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

एभरेष्ट महिला भलिबल लिगः ललितपुर क्विन्सको विजयी शुरुवात


१४ आश्विन २०८१, सोमबार  

33
Shares

काठमाडौं । आजबाट सुरु भएको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले विजयी शुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको उदघाटन खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटले पराजित गरेको हो। ललितपुरले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो तर दोस्रो सेट भने काठमाडौँलाई सुम्पिन पुग्यो।

दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै काठमाडौँले २५–२१ ले खेल आफ्नो पक्षमा पार्दै सेट १–१ को बराबरीमा ल्याएको थियो। तेस्रो सेटमा ललितपुरले बाजी मार्दै खेल २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा निर्णायक सेटमा ललितपुरले खेल एकपक्षीय रुपमा लिँदै काठमाडौँलाई २५–१९ ले पाखा लगाउँदै खेल जित्यो।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक भइरहेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि