चितवन । यू–१९ महिला विश्वकपको तयारीमा रहेको नेपाली टिमको बन्द प्रशिक्षण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु गरिएको हो । आगामी माघ ५ गतेदेखि महिला यू–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द…