काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो। सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको…