३ आश्विन २०८३, शनिबार । September 19, 2026

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक


२७ पुस २०८१, शनिबार  

36
Shares

काठमाडौं । आउँदो माघ ४ गतेबाट सुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल, त्रिपुरेश्वरमा माघ ४ गते हुने उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गरेको नेपाल कबड्डी लिगमा काठमाडौं, पोखरा, बुटवल, विराटनगर, धनगढी र जनकपुर गरी ६ वटा शहरका टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

खेल बेलुका साढे ५ र साढे ६ बजे हुनेछन् । राउन्ड रोबिन लिगमा १५ खेल हुने छन् । शीर्ष चार टोली अर्को चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टोलीले माघ १४ गते क्वालिफायर एक खेल्नेछ, जसको विजेता सीधै फाइनलमा पुग्नेछ । त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफायर दुईमा पुग्नेछ ।

क्वालिफायर एकमा पराजित हुने टोली र इलिमिनेटरको विजेताबीच माघ १६ गते हुने क्वालिफायर दुईमा जित्ने टोली फाइनलमा पुग्नेछ । फाइनल खेल माघ १८ गते हुनेछ ।

यस्तो छ खेला तालिका

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ