१ कार्तिक २०८३, आइतबार । October 18, 2026

पीएम कप महिला क्रिकेटः सुदूरपश्चिमको विजयी सुरूवात


१ माघ २०८१, मंगलबार  

270
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरूवात गरेको छ ।

समूह ए को खेलमा सुदूरले गण्डकीलाई ७ विकेटले हराएको हो । गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरले १०औं ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । मनिषा बोहराले ९ रन बनाइन् । गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक(एक विकेट लिए ।

खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन बनाएको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि