एजेन्सी । स्पेनिस जायन्ट रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार राति सम्पन्न खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियलले अन्तिम चारमा प्रवेश गरेको हो। रियल मड्रिडले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो। १०औं मिनेटमा गोंजालो गार्सियाले गोल गर्दै सुरुआती अग्रता दिलाए भने, २०औं मिनेटमा फ्रान गार्सियाले…