काठमाडौं । हालको मौसम प्रणालीमा आएको परिवर्तनसँगै देशका विभिन्न स्थानहरूमा परेको वर्षाका कारण क्रमशः तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पूर्वी नेपालमा पछिल्ला दुई दिनदेखि लगातार वर्षा भइरहेकाले त्यहाँको तापक्रममा उल्लेखनीय गिरावट आएको हो। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्वी नेपालमा तापक्रम घटिसकेको छ भने पश्चिमी भेगहरूमा…