१८ श्रावण २०८३, सोमबार । August 3, 2026

आजको मौसमः यी चार प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना


२९ जेष्ठ २०८२, बिहिबार  

447
Shares

काठमाडौं । हाल देशका पश्चिमी र मध्य भेगहरूमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव जमाइरहेका छन् भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा भने मनसुनी वायुको सक्रियता देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार यिनै प्रणालीहरूको प्रभावले देशका विभिन्न भागमा बदली र वर्षा भइरहेका छन्। कोशी, मधेस, बागमती प्रदेश लगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहेको उल्लेख गरिएको छ। केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि मौसममा त्यस्तै अवस्था रहनेछ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। वर्षा र चट्याङको सम्भावना रहेकाले खुला स्थानमा नबस्न, सुरक्षा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी जानकारी नियमित रूपमा प्राप्त गर्न महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर