२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

बुटवलमा पत्रकार रजकको हत्या विरोधमा प्रदर्शन

बुटवल। एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या विरोधमा बुटवलमा विरोध सभा आयोजना गरिएको छ। नेपाल पत्रकार महासंघ, रुपन्देहीले बुटवलको जेसिस चोकमा विरोध सभा गरेको हो। कार्यक्रममा सहभागीहरूले हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्। एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव गत हिजो राजावादी समूहको आन्दोलनका क्रममा भिडिओ खिच्ने क्रममा जलेको अवस्थामा घरभित्र फेला परेको थियो।