गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको घटनास्थलमै ज्यान गएको छ। रेसुङ्गा नगरपालिका–५ सिमाघाटबाट तम्घासतर्फ जाँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ गडवा गाउँपालिका–३ निवासी २६ वर्षीय निशान चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारुले दिएको जानकारी अनुसार, चौधरीको मोटरसाइकल अनियन्त्रित भई…