काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । डंगोलको उम्मेदवारी दर्ता गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरू पुगेका थिए । कीर्तिपुरको मेयरका लागि एमालेबाट डा.सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन् । गत स्थानीय चुनावमा यहाँ…