७ असार २०८३, आइतबार । June 21, 2026

अमेरिकासहित विभिन्न देशका १९ राजदूत फिर्ता

काठमाडौं । सरकारले अमेरिका र भारत सहित विभिन्न १९ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यी देशमा कांग्रेस–माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए…