काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने कार्यदलका सदस्यले जानकारी दिएका छन् ।