२१ मंसिर २०८२, शनिबार । December 6, 2025

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को चालु अधिवेशनको अन्त्य गरेका छन्। सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । यस अघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।