१० माघ २०८१, बिहिबार । January 23, 2025

भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस



काठमाडौं । सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा बढी अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । सोमध्येबाट राउतको नाम सिफारिस भएको हो । वरिष्ठ अधिवक्ता रहेका राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ २० गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिने छ । संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । न्यायपरिषद्ले राउतका अतिरिक्त सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाल, डा.नोजकुमार शर्मा, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको नाम पठाएको थियो ।

सर्वोच्चको वरिष्ठतम न्यायाधीशका रूपमा उनको नाम प्रधान न्यायाधीशमा सिफारिस भएको हो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ